भरतपुर – भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको मङ्गलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो । ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास गर्नुभयो । अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा स्तरोन्नती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिनुभयो ।
भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्ला लगायत भारतबाट पनि बिरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उनले उल्लेख गर्नुभयो । अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उहाँको भनाई थियो ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका का अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष राजु पौडेलका अनुसार रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमता सहित सञ्चालनमा आएको रक्तसञ्चार केन्द्र अस्पतालको बी ब्लकमा रहेको जानकारी दिनुभयो । ।
त्यस्तै प्रत्येक दिन रक्तदाताद्धारा रक्तदान गर्न सकिने कुरा अस्पतालका प्रयोगशाला विभागिय प्रमुख डा. संजिव परियारले जानकारी दिनुभयो ।
























