भरतपुर – भरतपुर नारायणगढमा शनिबार सम्पन्न गुल्मी चितवन मैत्री समाजको साधारण सभा अधिवेशनले विक्रम सापकोटाको अध्ययक्षमा १५ नयाँ नेतृत्व सर्वसहमतबाट चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष मोहन पन्थी,उपाध्यक्ष नारायण प्रसाद खराल,सचिव गंगाधर खराल,कोषध्यक्ष दामोदर भट्टराई सह–सचिव रमेश काफ्ले ,सह कोषाध्यक्ष प्रदीप अर्याल र सदस्यहरुमा नारायण प्रसाद सापकोटा,मदनप्रसाद खराल,कमला भण्डारी पाण्डे,स्वयम्भूसापकोटा ,वोधशैली गौतम ,सीता खनाल अर्याल,मिनप्रसाद खराल,डिलाराम खराल रहनु भएको छ भनेलेखा संयोजक रविन्द्र पन्थी सदस्य शेषकान्त खरालसहितको समितिहरु गठन गरेको छ ।

गुल्मी पुख्र्यौली भई चितवन र यसका निकटवर्ति क्षेत्र तनहुँ ,नवलपरासी वर्दघाट सुस्तापूर्व रहेका गुल्मेलीहरु यसका सदस्य छन ।हजारभन्दा बढी साधारण सदस्य र करिव ४०० आजीव सदस्य नै रहेको०६०।६१ मा चितवनमा दर्ता भएकोयो संस्थाले गुल्मेलीहरुको माया,संस्कृति ,परम्परा,कार्यशेली ,सभ्यता हस्तान्तरणका साथै समाजका विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आइरहेको छ ।





















