चितवन – नेकपा एकिकृत समाजवादीको आज सम्पन्न जिल्ला अधिवेशनबाट नरेन्द्रकुमार कन्दवाको अध्यक्षतामा ६१ सदसिय रहने गरि अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा नरेन्द्रकुमार कन्दङवा, उपाध्यक्षद्धयमा ईश्वरी लामिछाने र गंगालाल लामा, सचिवमा हेमन्त कंडेल निर्विरोध चयन हुनुभएको छ । सह–सचिवमा भने विद्यान अनुसार तिन जना हुनुपर्नेमा आन्तरिक सहमति नभईसकेकोले केहि दिनमा टुङ्याउने गरि रिक्त राखिएको छ ।
त्यसैगरि सदस्यहरुमा भमनपाबाट ८ खुल्ला सदस्यहरु मध्ये जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (बि.क.) र सुुदन दराई रहेका छन् । त्यस्तै महानगरकै महिला सदस्यतर्फ ६ जना मध्ये प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका हुन । युवा खुल्ला सदस्यहरु २ जना मध्ये महेशकुमार सुबेदी र भुपेन्द्र ढकाल, युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित भएका छन् ।
रत्ननगर नगरपालिका अन्र्तगत खुल्ला सदस्य ५ जना मध्ये चिन्तामणी आचार्य, हरिहर पौडेल विष्णुप्रसाद अर्याल, गोर्कण गिरी र दिपक थापा निर्वाचित भए भने महिला सदस्य तर्फ ३ जना मध्ये निर्मला कुमारी खड्का, पार्वती घिमिरे र संगिता खड्का कार्की निर्वाचित भएका हुन । युवा तर्फ विजय खनाल, महिला सदस्यमा सरस्वती लामा निर्वाचित भएका छन् ।
खैरहनी नगरपालिकामा २ सदस्य मध्ये दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक रहेका छन् । युवा सदस्यमा हेम बहादुर गुरुङ छन् भने महिला सदस्यमा जमुना पाठक थपलिया निर्वाचित भएका छन् ।माडी नगरपालिकामा २ सदस्य मध्ये कमल बहादुर भुजेल र प्रेमराज तिमिल्सिना, युवा सदस्यमा रामचन्द्र लम्साल छन् भने महिलामा धन रुपा महतो र चन्द्रकुमारी बाँनिया निर्वाचित भएका छन् ।
त्यसैगरि राप्ती नगरपालिकामा खुल्लातर्फ ६ सदस्य रिक्त रहेका छन् । ३ महिला सदस्य मध्ये बुद्धिमायाँ श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी, युवा सदस्यमा हिराबहादुर श्रेष्ठ, युवा महिला सदस्यमा मिना दर्जी रहेका छन् ।
कालिका नगरपालिकामा खुल्ला र महिलामा १÷१ सदस्य रिक्त रहेका छन् । समावेसी उम्मेदवार युवामा दिनेश घलान, दलितमा मन बिक र अंपाङ्गतामा डा.विपि शर्मा, अल्पसंख्यामा रिक्त र ट्रेड युनियनमा निरप्रसाद लामिछाने निर्वाचित भएका छन् ।





















