
आफ्नो फार्मबाट दैनिक सातसय लिटर र संस्थाका किसानहरुबाट आठसय लिटरगरि दैनिक पन्ध्रसय लिटर दुधको संकलन र विक्रि वितरण भैरहेको छ । दुध संकलन र विक्रिमा संस्थाले प्रतिलिटर तिन रुपैया संस्थाको खर्च राखेर गुणस्तरको आधारमा नेपाल सरकारले तोकेको दररेट अनुसारआफ्ना किसानलाई भुक्तानी गरिरहेको छ । विगत छ महिना यता नेपालका केहि माफिया डेरी उद्योगीहरुले नेपाल सरकारलाई भ्रमपारी दशलाख लिटर दुध भारतबाट आयातगर्ने अनुमति प्राप्तगरि अखाध्य मिसावट सहित करोडौं लिटर दुध नेपालमा भित्राई किसानहरुलाई भुक्तानी नदिने, दुध नउठाउने षडयन्त्र गरि नेपालका एक करोड किसानलाई पिडा दिई मुलुकमा खवौंको क्षति भयो । विगत तिन महिना यता नेपाल सरकारले वाहिरबाट आउने दुध तथा दुग्ध पर्दाथ कडाईका साथ नियन्त्रण गरेको छ, बोर्डरको पाँच किलोमिटर टाडामात्रै दुध संकलन केन्द्र राख्न सक्ने कानूनी व्यवस्था गरेको छ ।
हामी किसानहरु एकजुट भै आउँदा दिनमा दुध क्षेत्रका माफियाहरुलाई कानूनी कटघरामा उभ्याई किसानको संरक्षण गर्ने छौ । हामी व्यवसायिक किसान अगुवा दुग्ध सहकारीहरु मिलेर अरब लगानी जुटाई सिघ्र दुधलाई पाउडर बनाउने, घिउ वनाउने, क्रिम वटर वनाउने तथा दुई वर्षसम्म स्टक राखेर सबै नेपाली जनताको गुणस्तरिय दुग्ध पदार्थ खरिदगरि खान पाउने अधिकारलाई व्यवस्थित गरिने छ भन्दै आज यस संस्थाको अध्यक्ष पदमा निर्वाचित गराउनु हुने संस्थाका शेयर सदस्यज्युहरु, निर्वाचन समितिका संयोजक तथा सदस्यज्युहरु, निवर्तमान कार्यसमितिका अध्यक्षज्यु लगायत कार्य समितिका पदाधिकारीज्यूहरु, लेखा समितिका पदाधिकारीज्युहरु, संरक्षकज्युहरु, पत्रकार मित्रहरु, कर्मचारी साथीहरु सबै सबैमा हार्दिक धन्यवादका साथ तपाईहरुको माया ममता र विश्वासको सम्मान गर्दछु भनेका थिए ।

त्यसैगरि आगामी योजना अनुसार पाँचवर्ष भित्र भमनपा भित्रै संस्थाले पाँच विगाहा जग्गा आफै खरिदगरि एकहजार गाई भैंसि पाल्ने योजनाको लक्ष्य लिएको समेत बताएका हुन् । आफ्नै फार्मको मल मुत्र प्रयोगगरि खेतीपाती गर्ने, प्रशोधन गरि विक्रि वितरण गने, दुधालु गाई र भैंसि पालन दुबैलाई वरावरी संख्यामा अगाडि बढाउने, आगामी दुईवर्ष भित्र संस्थाले आफै दाना उद्योग चलाउने, भेटनरी औषधी पसल चलाउने, आफ्ना किसानको गाई भैंसिको निशुल्क उपचार गर्ने, विमा, सुलभ कृषि कर्जा आदिको समुश्चित व्यवस्थापन गर्दै एक हजार घर परिवारलाई पुर्ण स्वरोजगार बनाईने छ । फार्मका कर्मचारीहरुलाई नाफाको १२ प्रतिशत लाभांन्स दिने र शेयर होल्डरहरुलाई नाफाको न्युनतम १२्र प्रतिशत वोनस वार्षिक रुपमा प्रदान गर्ने योजना रहेको बताएका थिए ।
अध्यक्ष भएकोतिनवर्ष भित्रमा माडी, मेघौली र भण्डारामा शाखा स्थापनागरि कारोवार बृद्धि गर्ने समेत योजना भएको र कार्वान्यन हुनेमा विश्वस्त हुन समस्त शेयर होल्डरहरुलाई आश्वासन दिएका थिए ।

अध्यक्ष बने लगत्तै आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउनु हुने संस्थाका शेयर सदस्यज्युहरु, निर्वाचन समितिका संयोजक तथा सदस्यज्युहरु, निवर्तमान कार्यसमितिका अध्यक्षज्यु लगायत कार्य समितिका पदाधिकारीज्यूहरु, लेखा समितिका पदाधिकारीज्युहरु, संरक्षकज्युहरु, पत्रकार मित्रहरु, कर्मचारी साथीहरु सबै सबैमा हार्दिक धन्यवादका साथ कृतज्ञता व्यक्त गरेका थिए ।





















