भरतपुर – भरतपुरको स्याउली बजारमा सञ्चालित जापानिज रेष्टुरेन्ट ‘याप्पारी स्टेक’ को दोस्रो शाखा पुरानो मेडिकल कलेज अगाडि खुलेको छ । जापानिज सहित नेपाली र भारतीय खाना पनि खुवाइने नयाँ शाखा २०८१ – ०१- ०४ गते मंगलबारबाट औपचारिकरुपमा सञ्चालनमा आउन लागेको हो ।
पहिलो शाखा भरतपुरको स्याउली बजारमा ९ महिना अगाडि खोलिएको सञ्चालक कृष्ण पौडेलले जानकारी दिए ।
१० वर्ष जापान बसेर आएका रेष्टुरेन्टका सञ्चालक कृष्ण पौडेलका अनुसार नौ महिनामा पहिलो रेष्टुरेन्टको आम नागरिकबाट राम्रो रेस्पोन्स आएकोले दोस्रो रेष्टुरेन्टमा सेवाहरु थप गरेर सञ्चालनमा ल्याइएको हो ।
बिहान ७ बजेबाट राति १० बजेसम्म सञ्चालनमा आउने रेष्टुरेन्टमा थप ११ जनाले रोजगारी पाएका छन् । पहिलो शाखामा ६ जनाले रोजगारी पाइरहेको पौडेलले बताए । उनले भने, ‘ नेपालमा आर्थिक मन्दी छ भने पनि आफ्नो पेसा तथा व्यवसायमा ध्यान दिएर मेहनतका साथ काम गर्न सके सफल भइन्छ भन्ने आत्मविश्वास छ ।’ नयाँ शाखामा बिरयानी, कफी, बर्गरलगायत जापानिज, नेपाली र भारतीय परिकारहरुको समिश्रण रहने छ ।

























