चितवन / चितवनमा आज शनिबार कोरोना पुष्टि भएका मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।
बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले भने , केहि दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केहि दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’
प्रमुख जिल्ला अधिकारी भट्टराईले कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केही दिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।





















