भरतपुर – भरतपुर अस्पतालको ६८ औ बार्षिकोत्सवका अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तादान कार्यक्रममा ६२ जना पुरुष र ३९ जना महिला गरि एक सय एक जनाले रक्तदान गरेको अस्पतालका प्याथोलोजि विभाग प्रमुख एंव रक्तदान उपसमितिका संंयोजक डा. संजीव परियारले जानकारी दिनुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेल र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले संयुक्त रुपमा रक्तदातालाई ब्लड बैंक झोला वितरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
भरतपुर अस्पतालले आगामी चैत्र २५ गते आइतबार ६८ औ बार्षिकोत्सव मनाउदै छ । अस्पतालले हरेक बर्ष बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।






















