काठमाडौं । जिल्ला प्रहरी कार्यालय प्यूठानले सवारी ज्यान मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुराना मुद्दाहरुको अनुसन्धानलाई प्राथमिकता दिन थालेसँगै १० वर्ष अघि भएको दुर्घटनाका फरार चालकहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानले प्रहरी परिचालनलाई तिव्रता दिँदै २०७१ साल र २०७३ सालको सवारी ज्यान अपराधमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही अगाडी बढाएको जनाएको छ ।
२०७१ मंसिर १७ साविक नारिकोट गा।वि।स।वडा नं।०१ हाल गौमुखी गाउँपालिका वडा नं।०७ बस्ने वर्ष ३२ को जिवन जि।सी।ले चलाएको लु २ त ९७५० नं।को ट्याक्टर खोला तर्फ जादै गर्दा सोही गाएँको सालिबिसौनि भन्ने ठाउमा दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवार वर्ष १८ को राजेन्द्र पुरीको घटना स्थलमा मृत्यू भएको थियो ।
उक्त घटना पश्चात फरार चालक जीसीलाई फागुन २४ गते पक्राउ गरी थप अनुसन्धान पश्चात प्यूठान जिल्ला अदालतबाट चैत १९ गतेको आदेश अनुसार पुर्पक्षको लागी कारागार चलान भएको प्रहरुलिे जनाएको छ ।
यसैगरी २०७३ चैत ११ गते ललितपुरको साविक गोटिखेल गा।वि।स। हाल महाङकाल गाउँपालिका वडा नं।०३ बस्ने २७ वर्षीय सरोज घलेले चलाको बा ८ च १५६१ नं। स्कार्पियो जिप स्वर्गद्वारी नगरपालिका वडा नं।०३ रुमाले स्थित सडक खण्डमा पल्टीन गई दुर्घटना हुँदा उक्त जिपमा सवार दिनेश ध्वज बस्नेत समेत गरी ०७ जनाको मृत्यू भएको र २ जना घाईते भएका थिए ।
सो घटना सम्बन्धमा फरार रहेका चालक काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको समन्वयमा चैत् १८ गते कानुन बमोजिम पक्राउ गरी चैत २० गते निज प्रतिवादी सरोज घलेलाई सम्मानित प्यूठान जिल्ला अदालतबाट सातदिनकाे म्याद थप भई अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यालय प्युठानले जनाएको छ ।





















