चितवन / चितवनका ६ जना सहित ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जना र २ जना सुर्खेत र नवलपुर जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, वडा नं.४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार पुरुष र एक महिला रहेका छन् । जसमध्ये एक जना प्रहरी र एक जना थुनुवा समेत रहेका छन् । यस्तै संक्रमित महिला भने चितवन मेडिकल कलेजमा उपचाररत थिइन् ।
यस्तै सुर्खेत पिठगाउँ–२ का २२ वर्षीय प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुर गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टिनमा बसेका थिए ।
चितवनमा ६ वर्षीय बालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि
चितवनमा ६ वर्षीय बालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















