चितवन – गोरखाको हर्मी घर भई चितवनमा वसोवास गर्दैै आएका मानिसहरुको भेलाले शनिबार “हर्मी चितवन ह्याप्पी मिलन केन्द्र“ गठन गरेको छ । रामचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भेलामा नरेश चन्द्र पोख्रेल प्रमुख अतिथी रहनु भएको थियो । भेलाले मिना अधिकारी ढकालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।
समितिको उपाध्यमा दिपक ढकाल, सचिबमा अमृत पराजुली, सह–सचिबमा आशिष भट्ट, कोषाध्यक्षमा लक्ष्मण ढकाल, सहकोषाध्यक्षमा सरस्वती पराजुली ढकाल, सदस्यहरुमा ठाकुर भण्डारी, सीता सापकोटा, कृष्ण ढकाल, कृष्णप्रसाद पोखरेल, चन्द्र प्रसाद ढकाल रहनु भएको छ । गोरखाको हर्मीबाट आई चितवनका विभिन्न स्थानमा छरिएर बसोबास गर्नु भएका हर्मी बासी बीच आत्मीयता, निकटता र सुमधुर संबन्ध स्थापित गर्ने, दुखसुखमा एकाकार भएर सहयोग आदानप्रदान गरि भाईचाराको संबन्ध स्थापित गर्ने उदेश्यले मिलन केन्द्र गठन गरिएको समितिका उपाध्यक्ष दिपक ढकालले बताउनु भयो ।

साथै यस संस्थालाई छिट्टै बैधानिकता दिंदै आगामी दिनमा रचनात्मक, सहयोगात्मक र सामाजिक दायित्वका कामहरू समेत गर्दै जाने लक्ष्य राखिएकोले हर्मी बासी सबैलाई यस मिलन केन्द्रमा आबद्ध गराउंदै संस्थालाई मजबुत, दिगो र भरपर्दो बनाउंदै लैजाने ढकालको भनाई थियो ।
भेलामा उपस्थित सबैले आ आफ्नो तर्क राख्दै यस किसिमको मिलन केन्द्र गठन हुनु अत्यन्त सकारात्मक भएको बताउंदै खुसी व्यक्त गरेका थिए ।
























