चितवन – एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित बैदेशिक रोजगारीबाट फर्केका नेकपा (माओबादी केन्द्र ) को जनबर्गिय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन २०८० चैत्र ९ र १० गते भरतपुरमा गर्ने तयारी गरेको मङ्गलबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ।
सम्मेलन घुमौ भरतपुर लाई लक्षित गरी चितवन भरतपुरको मलेवा पार्टि प्यालेसमा हुने सह संयोजक हेमन्त पौडेलले जानकारी गराए । सम्मेलनलाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन र सम्बोधन गर्ने योजना रहेको छ।
रिटर्नी सेन्टरले वैदेशिक रोजगारीबाट फर्केका को श्रम,ज्ञान,सीप,पुजीं,तथा प्रबिधिलाई उपयोग गर्दै सामुहिक लगानी मार्फत स्वदेशमै रोजगारीको सृजना गर्ने लक्ष्य रहेको छ।
पत्रकार सम्मेलनमा केन्द्रीय सह संयोजक बागमति प्रदेश ईन्चार्ज हेमन्त पौडेल, केन्द्रीय सह संयोजक गण्डकि प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री, केन्द्रीय सचिव भिम लकान्द्री , केन्द्रीय सचिवालय सद्स्य बालकृष्ण मरासिनि, बाग्मति प्रदेश सद्स्य धर्मराज खनाल ,मनोज कुमार भुजेल, चितवन जिल्ला ईन्चार्ज कबिराज कडेल, संयोजक निमकान्त पाण्डे , भरतपुर महानगर ईन्चार्ज साझाराम बिक साथै वाईसियल केन्द्रिय सदस्य किरण धामि लगायत को पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।






















