चितवन – नेकपा माओबादी केन्द्र चितवनले सहिद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले २०८० फाल्गुन १४ देखि २१ गतेसम्म बिबिध कार्यक्रम गर्दै सफलता पुर्वक सहिद सप्ताह सम्पन्न गरेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी आर.सि. ले बताए ।
सप्ताहको पहिलो दिन फाल्गुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं महिला तर्फ ३ किलोमिटर दुरिको “शहिद स्मृर्ती रोड रेस प्रतियोगिता” र १६० शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गरेको थियो ।
पार्टीका केन्द्रिय सदस्य ईश्वरि भट्टराईको प्रमुख आतिथ्यतामा फाल्गुन १६ गते जेल-हिरासत बसेका ४५१ जना योध्द्धाहरुलाइ कार्यक्रममा सम्मान गरिएको थियो, फाल्गुन १७ गते “जेष्ठ कम्युनिष्ट सदस्य सम्मान” कार्यक्रम गरेको थियो भने फाल्गुन १९ गते पार्टी केन्द्रीय सदस्य सुर्य सुवेदी पथिकको प्रमुख आतिथ्यतामा जनयुद्ध तथा जनआन्दोलनमा घाईते भएका १८० योध्द्धाहरुलाइ सम्मान गरिएको थियो, त्यस्तै जिल्लामा रहेको रक्त अभावलाई मध्यनजर गर्दै फाल्गुन २० गते बृहत् खुल्ला “रक्तदान कार्यक्रम” कार्यक्रम सम्पन्न गरेको थियो ।
जसमा १०० जना पुरुष र ११ जना महिला गरि १११ जनाले रक्तदान गरेका थिए भने फाल्गुन २१ गते अन्तिम दिन नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी,नेकपा एस लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थितिमा बलिदान राष्ट्रका लागी बिषयक अन्र्तक्रिया कार्यक्रम गरि सहिद सप्ताह सम्पन्न गरेको माओवादी पार्टी जिल्ला संयोजक एवं कार्यक्रमका अध्यक्ष रामचन्द्र अधिकारी आर.सिले जानकारी दिए ।





















