चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चितवनको रक्तदान कार्यक्रम सम्पन्न भएको सहीद सप्ताहको कार्यक्रम अन्तर्गत आईतबार पार्टी कार्यालय कृष्णपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका थिए । जसमा १ सय पुरुष र ११ जना महिलाले रक्तदान गरेको नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोडबाबु शिवाकोटीले बताए ।
केन्द्रले सहीद सप्ताहको अवसरमा यही फाल्गुन १४ देखि विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत सप्ताहको पहिलो दिन फाल्गुन १४ गते शहिद तथा बेपत्ता परिवार सम्मान, फाल्गुन १६ गते जेल-हिरासत बसेका योध्द्धाहरुलाइ सम्मान, फाल्गुन १७ गते जेष्ठ कम्युनिष्ट सदस्य सम्मान र फाल्गुन १९ गते जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मान गरेको थियो ।
त्यस्तै फाल्गुन २० गते बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको नेकपा माओवादी जिल्ला संयोजक रामचन्द्र अधिकारी आरसिले बताए । सहीद सप्ताहको अन्तिम दिन फाल्गुन २१ गते क्यान्सर अस्पतालको सभाहलमा बलिदान राष्ट्रका लागी बिशेक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको अधिकारीले जानकारी दिए ।





















