भरतपुर । गोर्खाली टोल विकास संस्था आयोजनामा भरतपुर महानगर वार्ड नं ११ मा भएका सम्पूर्ण टोलहरु बीच हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको थियो ।
अन्तर टोल बिच हाजिरी जवाफ प्रतियोगिताको कार्यक्रम गोर्खाली टोल विकास संस्थाका अध्यक्ष धना थापा मगर को अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै कार्यक्रममा वाग्मती प्रदेश सभाका सभासद माननिय सांसद इश्वर सापकोटा (सुमन) ज्युको प्रमुख आतिथ्यता मा भरतपुुर वडा ११ का जन प्रतिनिधि वडा सदस्य श्री सिता रनपाल ज्यू एवं हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री तेजेन्द्र बहादुर खड्का ज्यूको विशिष्ट आतिथ्यता मा संस्थाका पूर्व अध्यक्षहरू सबै टोल अध्यक्ष अन्य अतिथिहरू, सामाजिक अनि राजनीतिक व्यक्तित्व श्री प्रकाश देवकोटा ज्यू. क्विज मास्टर श्री मनोज बिक्रम विस्ट , सेन्ट पल का प्रिन्सिपल सुनिता थापा लगायत बुद्धिजिवीहरुको उपस्थिति थियो ।

भरतपुर महानगर वार्ड नं ११ का ३२ वटा टोल मध्ये २३ वटा टोल हरूको सहभागी थियो । सेलेक्सन सहित जम्मा २० वटा राउन्डमा क्विज सम्पन्न भएको थियो । जसमा प्रथम सामना टोल विकास सस्था , द्दितिय गणेशस्थान टोल विकास सस्था , तृतीय नवजिवन टोल विकास सस्था , सान्त्वनामा कोलटाँडी टोल विकास सस्था रहेका थिए ।
गोर्खाली टोल विकास संस्था जसले अनेकौं किसिमका कार्यक्रमका भेराइटिजहरु आयोजना र सम्पन्न गराउदै समाज परिवर्तनमा एक महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ,जसमध्ये आजको एस इ इ र बि एल इ फोकस क्विज कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न भएको थियो ।
सहभागी टोल विकास संस्था र सहयोगी सम्पूर्णलाई गोर्खाली टोल विकास संस्थाका अध्यक्ष धना थापा मगरले धन्यवाद व्यक्त गर्नुभएको थियो ।





















