चितवन – सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत ओमप्रकाश गाहा मगरलाई सीस्टार कन्सल्टेन्सीले सहयोग गरेको छ । मगरलाई लोकसेवा तयारीको लागि कन्सल्टेन्सीले १० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।
प्युठानबाट भरतपुर–१३ बसाँइ सरी आफ्नो अध्ययन अगाडि बढारहेका मगर सानैमा रुख बाट लडेर उपचार नपाएपछि राम्रोसँग उभिएर हिडडुल गर्न सक्दैनन् । मगरलाई लोक सेवा तयारी कक्षा अध्ययनमा सहयोग पुग्ने अपेक्षासहित उक्त सहयोग गरिएको सी स्टार एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बसन्त पोखरेलले जानकारी दिए ।
चितवनको भरतपुर–१०, सप्तगण्डकी चोकमा रहेको कन्सल्टेन्सीले विधार्थीलाई जापान र कोरियाको अध्ययनमा तथा कामदार भिषाको काम गर्दै आएको छ ।





















