चितवन – नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउने भएको छ । केन्द्रले २०८० फागुन १४ देखि २१ गतेसम्म विविधकार्यक्रम गर्दै सहिद सप्ताह मनाउने भएको हो ।
जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.सी)को अध्यक्षतामा फागुन ११ गते जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णयगरेको हो । सप्ताहको पहिलो दिन फागुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं महिला तर्फ ३ किलोमिटरदुरिको “शहिद स्मृर्ती रोड रेस प्रतियोगिता” र शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गरिने, फाल्गुन १६ गते “जेल–हिरासतबसेका योध्द्धाहरुलाई सम्मान” कार्यक्रम गरिने, फागुन १७ गते “जेष्ठ कम्युनिष्ट सदस्य सम्मान” कार्यक्रम गरिने, फागुन १९ गते “जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मान” कार्यक्रम गरिने, फागुन २० गते बृहत् खुल्ला “रक्तदान कार्यक्रम” कार्यक्रम गरिनेछभने फाल्गुन २१ गते अन्तिम दिन “बलिदान राष्ट्रका लागि अन्र्तक्रिया” कार्यक्रम गरिने जिल्ला संयोजक आर.सीले जानकारी दिए ।

भरतपुर महानगरको आयोजनामा हुन लागेको “भरतपुर भ्रमण वर्ष २०२४” को शुभारम्भ पनि यसै सहिद सप्ताहकै बिच हुन लागेको हुदाफागुन १८ गते हुन गैरहेको “भरतपुर भ्रमण बर्ष २०२४” को शुभारम्भ कार्यक्रममा सहभागी हुँदै पाहुनाहरुको स्वागत सम्मानमा सम्पुर्णपार्टी पंक्ति लाग्ने कार्यक्रमको समेत जिल्ला संयोजक अधिकारीले बताए ।
सहिद सप्ताहलाई सफल बनाउन “सम्मान पत्र लेखन” समिति, मञ्च व्यवस्थापन समिति तथा “आर्थिक व्यवस्थापन” समिति गठन गरि काम अगाडि बढाइएको जिल्ला सचिव द्रोणबाबुशिवाकोटीले जानकारी गराए ।





















