काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमा खालिङको विवाद छताछुल्ल भएको छ। सामाजिक सञ्जालमा अहिले उनीहरुकै विवादबारे चर्चा छ।
सुम्निमाले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाउदै मिडियामा आएपछि विवाद बाहिर आएको हो। आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको उनको आरोप छ।
उनले भनेका छन्, ‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्यो । म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो रु,अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको उनको दाबी छ ।
एक भिडियो अन्तर्वार्तामा सुम्निमाले कि त पवनले आफूलाई गलत हो भनेर देखाउनुपर्यो । कि मलाई गलत प्रमाणित गर्नुपर्यो । त्यसपछि मात्र डिभोर्स दिन तयार रहेको बताएकी छन् ।
तर, हास्य कलाकार पवनले भने आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए ।श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत उनले खण्डन गरे ।
उनले भनेका छन्, ‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’
सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । पुरुषसँगको निकट थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।
सुम्निमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।
हुन त यो विषय प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा दुबैबिच सहमति समेत भएको थियो।





















