काठमाडौं । पूर्व–पश्चिमदेखि २३ दिनअघि सुरु मिटरब्याज पीडितहरूको पैदल मार्च आज सिंहदबार पुग्दैछ । गएराति काठमाडौंको त्रिभुवन पार्कमा बास बसेको टोली सिंहदरबार घेराउ गर्ने गरी अघि बढ्ने भएको हो ।
२८ जिल्लाका मिटरब्याजपीडित राजधानी काठमाडौं आउने क्रममा ‘न्याय मार्च’ २१ औं दिनमा सिंहदरबार घेराउ गर्ने मिटरब्याजपीडित संर्घष समितिमा प्रवक्ता निर्ग नविनले बताए ।
उनका अनुसार ११ बजे मार्च अघि बढनेछ । भृकुटीमण्डप क्षेत्रमा बास बसेर भोलिदेखि त्यस वरपर प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्ने समितिले जनाएको छ ।
लघुवित्तपीडितहरूले भने आज पनि बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउको कार्यक्रम गर्दैछन् । संर्घष समितिका अध्यक्ष मणिराम ज्ञवालीका अनुसार १ बजे सिफलबाट सडक मार्च सुरू हुनेछ ।





















