काठमाडौं । काठमाडौँस्थित रेस्टुरेन्टमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरास्थित नम्बर- ४ बाहिनीमा कार्यरत डीएसपी केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका अधिकारीले बताए। केसीलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान अगाडि बढाएको उनले बताए।
स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा उनले महिलाहरूको अश्लील भिडिओ खिचेको आरोप छ।





















