गोरखा / अमरज्योति माध्यमिक विद्यालय लुईटेल गोरखाको भदौमा सम्पन्न अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चार जनालाई बनाएको थियो । ती चार जनाले स्थानीय प्रकाश न्यौपानेलाई मनोनित गरि समितिको अध्यक्षमा चयन गरे ।
करिब एक वर्ष पछि २०७६ असारमा उनले सो विद्यालयकी एक दृष्टि बिहिन छात्रा माथि यौन दुव्र्यबहार गरे । सोही मुद्धामा तारेखमा आउँदा बास बसेको होटल संगैको घरकी अर्की एक महिला माथि फेरि यौन दुव्र्यबहार गरे । अहिले उनी एकबर्षदेखि थुनामै छन् ।
उनी थुनामा परेपछि विद्यालय व्यवस्थापन समितिले विद्यालय रहेको वडा नं. ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई समितिको अध्यक्ष चयन ग¥यो । अध्यक्ष रानाभाटले पनि सो विद्यालयको अध्यक्ष बनेको एक बर्ष भित्रै त्यस्तै अप्रिय घटना घटाए ।
सोही विद्यालयमा कक्षा नौ मा अध्ययरत एक छात्रामाथि जब र्जस्ती करणी गरेको आरोपमा गत मंगलबार पक्राउ परे । विवाह गर्ने प्रलोभनमा पारी बारम्बार जबर्जस्ती करणी गर्ने गरेको अभियोग उनी माथि छ । उनी दुई दिन देखि थुनामै छन् । अहिले सो विद्यालयमा अध्यक्ष पद पुन रिक्त रहेको विद्यालयले जनाएको छ ।
बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक बसी रानाभाटलाई अध्यक्षका लागि दिइएको समर्थन फिर्ता लिइएको निणर्य गरेको प्रधानाध्यापक माधव देवकोटाले जानकारी दिए ।
स्थानिय अविभावकहरु भन्छन् ‘हुन त यो संयोग हो, तर पनि एउटै विद्यालयका दुई अध्यक्षहरु एक बर्ष नबित्दै एउटै केसमा थुनामा हुनु दुखद कुरा हो ,यस्ता घटनाहरुले हामीलाई विश्वासमा अन्योल बनाएको छ ।





















