काभ्रे । काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष समेत रहेका टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो ।
आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको थियो । अख्तियारले उनका विरूद्धमा माघ २६ भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।





















