भरतपुर – भरतपुर ११ प्रगतिपथ टोल स्थित लोटस एकेडेमी (वोडिङ्ग स्कूल) को आयोजना मा बालबालिका को मानसिक स्वाथ्य मा परेको असर लाई ध्यान मा राख्दै ,Psychiatric Nursing and Health Research Society बालबालिकाको मानसिक स्वाथ्यमा अभिभावक को भूमिका विषय मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय इश्वर सापकोटा ( सुमन ) विशिष्ट अतिथि वडा सदस्य लाल माया लामा , अतिथि रमेश सुब्बा , गोपी कृष्ण मरासीनी,इन्दु गौतम , प्रशिक्षक Psychiatric Nursing and Health Research Society का सम्पूर्ण पदाधिकारी, उपस्थित भरतपुर ११ मा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायत सम्पूर्ण अभिभावक बुबा आमा हरु कार्यक्रम मा सहभागी भई कार्यक्रम सफलता रुपमा सम्पन्न भएको थियो ।
लोटस एकेडेमीका अध्यक्ष प्रकाश अधिकारीले कार्यक्रम सम्पन्न बनाउन सहयोग गरिदिनु हुने सबैलाई धन्यवाद दिनुभएको थियो ।























