चितवन । लायन्स क्लव अफ भरतपुर सप्तरङ्गीद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा १२१ पिंट रगत संकलन भएको लायन्स क्लव अफ भरतपुर सप्तरङ्गीका अध्यक्ष ओमकार सिग्देलले जानकारी दिए ।
३ लायस क्लब अफ भरतपुर सप्तरङ्गीको मुख्य आयोजना र ब्लड डोनर्स एसोसिएसन नेपाल, लायस क्लब अफ भरतपुर सप्तरङ्गी लेडिज, लायस क्लब अफ गैडाकोट सप्तरङ्गी र लियो क्लब अफ मुग्लिङ सप्तरङ्गीको संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम भव्यता रूपमा सम्पन्न भयो ।

नियमित रक्तदाता हरि न्यौपानेको ५० औं रक्तदान गर्नुभएको थियो । माडी स्थायी घर भएका हरि न्यौपानेलाई पछिल्लो समय धेरैले कठिन समयमा रगत उपलब्ध गराएर महत्वपूर्ण सहयोग गर्ने व्यक्तिका रुपमा चिन्न थालेका छन् ।
नारायणगढमा व्यवसाय गर्दागर्दै अफ्ठयारो परेको बेलामा रगत जुटाउन सुरु गरेका थिए । गाउँका स्थानीय अग्रजहरुको प्रेरणाले रक्तदान गर्नुपर्छ भन्ने बिचारले अघि बढेका न्यौपाने सुरुमा आफैले रक्तदान गर्नुको साथै कहिलेकाँही कसैलाई समस्या परे रगत जुटाउने काम गर्दै आइरहेका थिए ।

उनले आफू रक्तदान गर्ने भए पनि अरुको लागि मरेरै रगतको खोजी गर्दैनथे । तर एउटा घटनाले न्यौपानेलाई रगत जुटाउने काममा धेरै सक्रिय बनाउने निर्णयमा पुर्यो । सामान्य रुपमा एक परिवारलाई रगत उपलब्ध गराएका न्यौपानेलाई उपचारपछि ती परिवारमा छाएको खुशी र उनीहरुले दिएको आर्शिवादले थप दत्तचित्त भएर रक्तदान अभियानमा लाग्न प्रेरणा मिल्यो ।

न्यौपाने भन्छन् –‘रक्तदान गर्नुपर्छ भन्ने चेतना मसंग थियो तर त्यही घटनाले मलाई सबथोक छोडेर समस्यामा परेका व्यक्तिलाई रगत जुटाउने काममा प्रेरणा मिल्यो । अहिले रक्तदान गर्नुपर्छ भनेर मेची–महाकाली अभियानलाई अगाडि बढाएका छौं ।’
नियमित रक्तदाता तथा उत्प्रेरकको पहिचान बनाएका न्यौपानेले शनिबार ५०औं पटक रक्तदान गरे । ४९ पटक रक्तदान गरेका न्यौपानेको ५०औं रक्तदानमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रमको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका निवर्तमान गर्भनर लायन सिद्धार्थलाल चुकेले समुद्घाटन गरेका थिए । कार्यक्रममा वर्तमान प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
![]()
![]()





















