काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।
शुक्रवार र शनिवार २ दिन बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइएको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारीको बैठकलाई दिएको हो ।
यस्तै माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको आइतवारबाट सुरू हुने केन्द्रीय समिति बैठकमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकले बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पार्टी प्रवक्ता सापकोटाको भनाइ छ ।





















