काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिएको छ।
प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार ३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन भनेको छ।






















