काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सोअवसरमा गृहमन्त्री श्रेष्ठले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ थियो ।
विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उनले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताए । उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उनले बताए ।





















