फाईल फोटो
चितवन / पूर्वी चितवनको रत्ननगरका बुधवार भएको सडक दुर्घटना पर्दा १४ जना घाइते भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं १० कृष्णमन्दिर चोकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा उक्त मिनीबसमा रहेका १४ जना घाइते भएका हुन ।
नचलाई रोकिएको बा ३ ख ५९१ नम्बरको मिनीबसलाई भरतपुरबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ४३७४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।
घाइतेहरु मध्ये एक जनाको पुरानो मेडिकल कलेज र बाँकी १३ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अरुको अबस्था भने सामान्य रहेको छ ।





















