चितवन : पूर्वी चितवनमा थारु समुदायको कला ,संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । स्थानिय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा सुरु महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका थिए। उनले थारुको समुदायको संरक्षणसगौ मौलिक कला संस्कृति संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताए ।
आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने चलन रहेको संयोजक रामेश्वर चौधरीले बताए । । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० कक्ष छन् ।
महोत्सवमा थारु समुदायको हस्तकलाका सामग्री ढकिया, कटिया, धौरी, लोप हुन लागेका सामग्री कोलु (तेल पेल्ने) ढेकी (धान कुट्ने), काठका गाडा, तुहारी (चामल राख्ने भाँडा), पटही(धान राख्ने भाँडा) तथा परम्परागत गहना, खाना, वेशभूषा, भाषा, साहित्य तथा परिकारहरू
थारू समुदायको कला, संस्कृतिसगैँ महोत्सव स्थलमा घुँगी र प्वाकाको प्रतिमा त्यहाँ पुग्ने र्दशकका लागि निकै आर्कषण रहेको महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले बताए ।
विस्तारै लोप हुदै जना लागेको हाम्रो मोलिक पहिचान यो हो भनेर नयाँ पुस्तालाई बुझाउनुपनि हाम्रो अर्को उद्देश्य हो, उनले भने थारूकै पुराना गरगहना, हस्तकलाका सामग्री, खानाका परिकार र संस्कृति प्रमुख आकर्षण छन् । जहाँ थारु समुदायको थारु संग्रहालय, ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु महोत्सव स्थलमा नै अवलोकन गर्न पाईन्छ ।
महोत्सवमा घुँगी, घओगा, काकारा (गँगटा), सितुवा, चिचर, प्वाका, नग्गर रोटी, लोकल माछा, हाँसको मासुसहितका थारू सामुदायले खाने परिकारहरुको स्वाद लिन पाईन्छ। यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।
महोत्सवमा हरेक दिन थारु समुदायको मौलिक परम्परागत प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी, झर्रा, डफु नाँच जस्ता साँस्कृतिक नृत्यहरुमा रम्न पाईन्छ ।
चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए ।
थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले जिल्लामा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेश कै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए । तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे ।
महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिए । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।





















