उदयपुर । उदयुिरमा २० वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर सामुहिक बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





















