चितवन । चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम पुस १४ गते देखि सुरु भयो ।
शनिबार दिउसो भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीबाट फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताउनुभयो।
आयोजक संस्था होटल व्यवसायी संघ चितवनले अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबलको आयोजना गरेको छ । फुड फेस्टिबलमा साना ठुला गरी ३९ वटा स्टल रहनेछन् ।
जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछन् ।फुड फेस्टिबलका लागि स्टल बुकिङ खुला गरिएको र साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको होटल व्यवसायी संघ चितवनले जनाएको छ ।
फुड फेस्टिबलमा सधैजसो फरक फरक राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहेको छ । रैथाने फुड फेस्टिबलमा स्थानियहरुको भव्य उपस्थिति रहेको छ ।





















