काठमाडौं । अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाले सरकारलाई सुझाव दिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो सुझाव दिएको हो ।
संघीयतालाई कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए। संघीयता कार्यान्वयन भएको भए तलतलबाटै सरकारविरुद्धको जनमतको सामना गर्ने उनककाको भननाइ छ ।
उनले अहिले अधिकारविहीन प्रदेशहरू हुन गएको र प्रदेशलाई दिनुपर्ने प्रशासनयन्त्रका अधिकार, सुरक्षायन्त्रका अधिकार नदिँदाखेर प्रदेशहरू नै बोझ हो कि भन्ने सन्देश प्रवाह हुन थालेको बताए।
संविधानका अनुसूचीमा व्यवस्थित भएका अधिकारलाई आठआठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी भएको उनको भनाइ छ।





















