पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्। हिजो ९शुक्रबार० दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका ३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा तनहुँ घर भई पोखरा महानगरपालिका(१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्रको शव भेटिएको हो । उनको खोजी गर्न प्रहरीले हिजो मध्याह्न १२ बजेदेखि महानगरपालिका १६ दीपस्थित सेती नदीको ड्याम खोलेको थियो।
कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको आइडी कार्ड फेला पारेको थियो। मृतकको शव पोष्टमर्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
सोमबार उपचारका लागि बाबु हरिप्रसाद मिश्रसँगै अस्पताल पुगेका संगम सोही दिन साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए।





















