गोरखा / धार्चे गाउँपालिका ४ लाप्राक गोरखाका एक स्थानीय घरमा आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।
बुधबार दिउसो साँढे एक बजेतिर थलेकङका माहिला गुरुङको घर आगलागीबाट जलेर नष्ट भएको स्थानीय शुकु गुरुङले जानकारी दिए ।
भूकम्पपछि निर्माण भएको नयाँ घर, त्यसभित्र रहेको नगद तथा जिन्सी सम्पत्ति लुगाकपडा, गहना, भाँडाकुँडा जलेर नष्ट भएको उनले बताए ।
त्यस्तै साँढे एक बजे तिर आगलागी भएको हो । थाहा पाउनासाथ सबै गाउँले जम्मा भएर निभाउन कोशिष गरेको हो तर जोगाउन सकिएन’, उनले भने, ‘सँगै रहेका तीन दाजुभाइका घर भने जोगाउन सकियो ।
घटना स्थलमा प्रहरी पुगेको थियो । आगलागीबाट चल, अचल सम्पत्ति गरी लगभग १५ लाख जति क्षति भएको हुनसक्ने गुरुङले बताए ।





















