चितवन । हिमालयन लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्दीका विपन्न वर्गहरुलाई पोसाक बितरण कार्यक्रम सम्पन्न गर्यो ।
शनिबार एक कार्यक्रम गरि हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणघाट ले कालिका नगरपालिका वडा नम्बर १० सिद्दी मा सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क रुपमा पोशाक बितरण गरेको थियो ।

उक्त कार्यक्रम मा कम्पनिका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको आथित्यमा भएको थियो, कार्यक्रममा नारायणघाट शाखा प्रमुख शिव शर्मा, गैंडाकोट शाखा प्रमुख ओमकार सिग्देल , लायन्स चोक शाखाका अप्रेसन ईन्चार्ज फटिक पौडेल र स्थानीय स्कुलका शिक्षक भिम बहादुर तामाङ लगायत विपन्न परिवार व्यक्तिहरु को उपस्थित रहेको थियोे उक्त कार्यक्रमको संचालन लायन्स चोक शाखा को मार्केटिङ एग्जुकिटिभ तेज बहादुर भन्डारी ले गर्नु भएको थियो ।





















