चितवन / पत्रकारलाई तथानाम भन्ने माडी नगरपालिका का मेयर ठाकुर प्रसाद ढकाल को अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवन को ध्यानाकर्षण भएको छ ।
समाचारको विषयमा मेयर ढकालले सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई कालोमोसो दल्ने धम्कि सहितको अभिब्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनले आपत्ति जनाएको छ ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने भनेर दिएको अभिव्यक्तिको विरोध गरेको छ । तत्काल यस्ता शब्द फिर्ता लिन आग्रह गरेका छन् । साथै युनियनले गैरजिम्मेवार अभिव्यक्ति नदिन मेयर ढकाललाई चेतावनी समेत दिएको छ ।
माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा सालका रुखहरु काटिएको भन्दै आएको समाचार प्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई पित पत्रकारिताको संज्ञा दिएर जनतालाई कालो मोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्तिले आम पत्रकार माथि प्रहार गरेको यूनियनको ठहर छ ।
जनप्रतिनिधिको धम्कीबाट बिचलित नभइ सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आमपत्रकारलाई यूनियनले आग्रह गरेको छ । स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकार माथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको यूनियनको ठहर छ ।
माडीको सुकुम्बासी बस्ति स्थानान्तरणको नाममा नगरपालिकाले राइटोलमा सालको रुख काटेर कुसुमखोलाका बासिन्दालाई राखेको छ । ठूलो मात्रामा रुख फडानी गरेर बस्ती बसालेपछि निकुञ्जले घर निर्माणको काम रोकेको छ । यही विषयलाई लिएर विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि माडीको मेयर ठाकुर प्रसाद ढकालले उत्तेजित अभिव्यक्ति दिएका थिए ।
चेपाङ तथा सुकुम्बासी समुदायको आन्दोलनको कार्यक्रममा बोल्दै मेयर ढकाल पत्रकार माथिलाई गालि गरेका थिए ।
साथै यूनियनले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोर्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।





















