गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको अध्यक्षमा भिमबहादुर कुमाल ५ मतान्तरले विजयी हुनुभएको छ । अध्यक्ष पदका प्रतिस्पद्र्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराएर उहाँ विजयी हुनुभएको हो । कुमालले ७५५ मत प्राप्त गर्दा न्यौपानेले ७५० मत प्राप्त गर्नुभएको छ ।
न्यौपाने प्यानलबाट सदस्यमा लक्ष्मी कमली बाहेक अन्य सबै कुमाल प्यानलका विजयी भएका हुन् । स्वतन्त्र प्यानलका कसैले पनि जित हासिल गर्न सकेनन् ।
समूहको उपाध्यक्षमा ढाकादेवी सुवेदी ६ सय मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पद्र्धी मीनादेवी शर्मा गौडेलले ३१४ मत प्राप्त गर्नुभएको छ भने गीता कुमारी दाहालले २९७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सचिवमा टेकबहादुर आले ६२९ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पद्र्धी ओमप्रसाद पराजुलीले ३६३ प्राप्त गर्नुभएको छ भने नारायण अधिकारीले २८१ मत ल्याउनुभएको छ ।
कोषाध्यक्षमा पार्वती ढकाल ५२५ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पद्र्धी पार्वती ज्ञवाली सापकोटाले ४४४ मत ल्याउनुभएको छ भने सीता कुमारी शर्मा पौडेलले २२० मत प्राप्त गर्नुभएको छ ।
सह–सचिवमा अर्जुन पोख्रेल ४८४ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पद्र्धी केशवराज पौडेलले ४७५ मत प्राप्त गर्नुभएको छ भने रुद्रप्रसाद पौडेलले ३५५ मत प्राप्त गर्नुभएको छ ।

खुल्ला सदस्यहरुमा काशिराम गौतम ५६७ मतले विजयी हुनुभएको छ । त्यस्तै कुलप्रसाद आचार्य ४३९ मत, एकदेव घिमिरे ५७३ मत, निर्मलराज रिमाल ५२९ मतले विजयी हुनुभएको छ ।
महिला सदस्यमा सकुन्तला दवाडी ५८७ मत, इश्वरी खत्री ५९७ मत, सरस्वती बगाले ६०० मत, राधिका कार्की ६४९ मत, लक्ष्मी कमली ५२५ मत, सुनिता दर्जी ५९३ मतले विजयी हुनुभएको छ ।
यस्तै लेखा समिति संयोजकमा राजेन्द्रराज घिमिरे ७४८ मतले विजयी हुनुभएको छ । सदस्यहरुमा सुवासचन्द्र आचार्य ५३७ मत र वासुदेव आचार्य ६८० मतले विजयी हुनुभएको हो ।

नयाँ कार्य समितिलाई शुक्रबार शपथ ग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समिति संयोजक तारापति खरेलले जानकारी दिनुभयो । वनका २७ सय ६१ उपभोक्ता मध्ये १५ सय ५९ उपभोक्ताले मतदान गरेका हुन् ।























