कास्की / धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ।
ती नर्समा कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको डा. पोखरेलले बताए। नर्समा संक्रमण पुष्टि भएपछि मंगलबार राति नै अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।
अस्पतालका प्रमुख डा. पोखरेलले हिजो मंगलबार साँझ सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अस्पतालको ओपिडी सेवा बन्द गरिएको जानकारी गराएका छन्।
संक्रमित नर्ससँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गरिएको पोखरेलले जनाएका छन्।
प्रि-आइसोलेसन कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पोजेटिभ पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।





















