चितवन – भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कार्तिक ) सम्ममा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर २२ पटिहानी स्थित अम्ब्रेलन स्ट्रिटमा सम्पन्न भएको छ।
सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् ।
कार्यक्रमको सहजीकरण गरेको भ्रष्टाचार विरुद्ध अभियान चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताईएको छ ।
प्रथम चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशाला, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ति, विद्युत, ढल निर्माण, कृषि उपजको बजारिकरण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाल प्रति प्रश्न राखेका थिए । उनीहरुले महानगरको रातो किताबमा भएभन्दा बढी बजेटका योजना फाइल सदरबाट हुने गरेकोमा प्रश्न समेत उठाएका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ।
नागरिकको प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पार्दशितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताृनुभयो । ‘कोष तथा लेखा महाशाखाको प्रतिवेदनमा पनि हामी देशका अन्य ६ महानगरपालिकाभन्दा हामी अगाडि छौँ। आज भ्रष्टाचार विरुद्ध अभियानले सार्वजनिक गरेको प्रतिवेदनले पनि देखाएको छ,’उहाँले भन्नुभयो ‘भ्रष्टाचार शुन्य सहनशिलतामा हामी छौँ ।’
उहाँले महानगर गौरवको आयोजनाको रुपमा रहेको सिटिहल निर्माण सम्पन्न हुने चरणमा रहेको बताउदै क्रिकेट रंगशालाको काम समेत एक महिना भित्र सबै प्रक्रिया पुरा गरि अलपत्र निर्माण कार्य सुचारु हुने बताउनुभयो । उहाँले महानगर अब विकास र समृद्धिका बाटाहरुसगौ आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पार्नुभयो ।
यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो। उहाँ जनताको गुनासोलाइृ आत्मसाथ गर्दै सार्वजनिक सुनुवाईका गुनासोलाई थप सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा चोमासिम प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले आर्थिक बर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रहेकोमा ४ महिनामा १४ दशमलव ३४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । यो कुल बजेटमा ९१ करोड ७५ लाख २२ हजार रुपैयाँ हुन आउछ । यस्तै चालु बजेट तर्फ २ करोड अर्ब ६७ करोड १४ लाख ८४ हजार रुपैयाँ विनियोजित भएकोमा ६० करोड ७८ लाख ४७ हजार २ सय ५२ रुपैया खर्च भएको बताउनुभयो । जुन समग्र बजेटको २२.२४ प्रतिशत प्रगति हो । यस्तै उहाँले पुजीँगत तर्फ ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँ विनियोजित भएकोमा ३२ करोड ८४ लाख ३९ हजार ३० रुपैयाँ खर्च गरिएको बताउनुभयो । यो समग्र पुजीगत खर्चको ८.८१ प्रतिशत हो ।
यसैगरि महानगरले लिएको राजश्व लक्ष्उ मध्ये प्रथम चौमासिक सम्म ३३ करोड १९ लाख ८५ हजार ७ सय ९० रुपैया राजस्व संकलन गरी प्रक्षेपण गरिएको रकमको १९ प्रतिशत राजस्व संकलन गरिएको बताउनुभयो । यसैगरि न्यायिक समितिमा जम्मा ४७ वटा उजुरी प्राप्त भएकोमा ३२ वटा फर्छयौट भएको छ । भने यस चौमासिकमा ऐन, कार्यविधि, मापदण्ड गरि जम्मा १० वटा कानून निर्माण भएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, विभिन्न महाशाखाका प्रमुखहरुले जनताले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
- आर्थिक प्रशासन महाशाखा
बजेट प्रगति
- आ व 2080/81 को जम्मा बजेट – रु ६ अर्ब 39 करोड 79 लाख 90 हजार रहेको छ ।
- समग्र बजेटमा जम्मा रु 91 करोड 75 लाख 22 हजार 46 रुपयाँ खर्च भएको छ। जुन समग्रमा बजेटको 14.34 प्रतिशत प्रगति हो ।
- चालु बजेट तर्फ रु 2 अर्ब 67 करोड 14 लाख 84 हजार रुपियाँ विनियोजित भएकोमा 60 करोड 78 लाख 47 हजार 2 सय 52 रुपियाँ खर्च भएको छ । जुन चालु तर्फको समग्र बजेटको 22.24 प्रतिशत प्रगति हो ।
- पुँजिगत बजेट तर्फ 3 अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपियाँ विनियोजना भएकोमा 32 करोड 84 लाख 39 हजार 30 रपियाँ खर्च भएको छ । जुन समग्र पुँजिगत बजेटको 8.81 प्रतिशत प्रगति हो ।
- राजस्व व्यवस्थापन महाशाखा
- आ.व २०८०/०८१ प्रथम चौमासिक सम्म ३३ करोड १९ लाख ८५ हजार ७ सय ९० रुपैया राजस्व संकलन गरी प्रक्षेपण गरिएको रकमको १९ प्रतिशत राजस्व संकलन गरिएको छ ।
- शैक्षिक प्रशासन महाशाखा
- आ.व 2080/081 को पहिलो चौमासिक कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवस तथा राष्ट्रिय शिक्षा दिवस 2080 को अवसरमा साताव्यापी रुपमा म्युजिकल चेयर, चित्रकला, नृत्य, हाजिरी जवाफ, शिक्षक भलिबल प्रतियोगिताका साथै सिकाइ उपलब्धिका आधारमा विद्यालय, प्र अ, शिक्षक र विद्यार्थीलाई र व्यवस्थापनका आधारमा बाल विकास केन्द्र गरी 64 जनालाई पुरस्कार तथा सम्मान गरिएको छ।
- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सम्वाद र युवाउद्यमीहरुलाई सम्मान, दौड प्रतियोगिता, वृक्षारोपण, सरसफाइ कार्यक्रम गरिएको छ।
- कक्षा 11 मा नयाँ भर्ना भएका विद्यार्थीहरु मध्ये संस्थागत विद्यालयमा अध्ययन गर्ने 283 जना विद्यार्थीलाई छात्रवृत्तिकोटामा सिफारिस गरिएको ।
- विद्यालय खुलेको दिनका आधारमा ४9 दिन (पहिलो त्रैमासिक)को दैनिक प्रतिव्यक्ति 15 रुपैयाँका दरले १ करोड 44 लाख 99 हजार 3 सय 45 रुपैयाँ दिवा खाजाको रकम र विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान 71 लाख 49 हजार रुपैयाँ निकासा भएको छ।
- बाल विकास केन्द्र स्तरीकरण र छात्राबास सञ्चालन मापदण्ड2080, युवा स्वयं सेवक खेलकुद प्रशिक्षक एकीकृत कार्यविधि 2080 तयार भैसकेको साथै मौलिक र व्यावहारिक शुक्रबार कार्यक्रमको निर्देशिकाको मस्यौदा तयार भई परीक्षणका लागि विद्यालयमा पठाइएको छ।
- स्वास्थ्य तथा सामाजिक विकास महाशाखा
जनस्वास्थ्य शाखा तर्फ
- मृगौलातथा क्यान्सर रोग लागेका बिरामीहरुका लागि प्रदान गरिने मासिक रु. ५०००/- दरले ४२२जनालाई ७८.२०,०००/- पठाईएको।
- भरतपुरमहानगरपालिका बाट दिईने बिपन्न नागरिक आर्थिक सहयोग रकम कागजात पुरा गरेका ५४जनालाई जम्मा रु ६,६५,०००/- प्रदान गरिएको।
- स्वास्थ्यकर्मिहरुलाईक्षयरोगको ३ दिने मोडुलर तालिम २ ब्याच सम्पन्न।
- डेंगीरोग परिक्षण शुल्कमा एकरुपता कायम गर्नरु. ६०० कायम । हरेक वार्ड तथाटोल हरुमा सचेतनाका कार्यक्रम साथै लार्भा खोज र नस्ट गर अभियान संचालन।
- कडारोग लागेका १४६ जना बिपन्न नागरिक लाई सिफारिस बनाई पठाईएको।
- अतिकुपोसितबालबालिकाहरुको उपचारकालागिकविलासस्वास्थ्यचौकीमाओ.टि.सीस्थापनागर्नेकामसम्पन्न।।
अपांगता सहायता सम्बन्धी कार्यहरु
- अपांगतापरिचय पत्र महिला 46 तथा पुरुष 77 गरि 123 जनालाई वितरण गरिएको ।
- मध्यम अपाङ्गता भएका १७ जनाको स्वास्थ्य बीमा कार्यक्रम सम्पन्न भएको छ ।
- छोरी बीमा कार्यक्रम अन्तर्गत गत वर्षको ७२ जनाको पोलिसी नविकरण र चालु आ.व.को ९८ जना छोरीहरुको बीमा गरिएको ।
- जन आन्दोलन तथा सबैप्रकारका आन्दोलनमा सहिद तथा वेपत्ता परिवारको नविकरणको कार्यका साथै नयाँ निवेदन सङ्कलनको कार्य भैरहेको ।
सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था :
- 28 हजार 29 जना लाभग्राहीको लागि 28 करोड 13 लाख 88 हजार 7 सय 44 रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ।
- हस्तलिखित पञ्जिकरण सम्बन्धी पुराना तथ्याङ्कहरुको डिजिटाईजेसन कार्य सुरु गरिएको ।
गैसस समन्वय शाखा
- नगर परियोजना परामर्श समिति मार्फत परियोजना स्वीकृत गरिएका गैससहरु जम्मा ६ वटा ।
- ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन भै सङ्कलित आवेदनको विश्लेषणको क्रममा रहेको ।
- वैदेशिक रोजगारीमा गएका परिवारको स्थितिपत्र विश्लेषण र प्रकाशनका लागि बैदेशिक रोजगारीमा गएका घर परिवार पहिचान र तथ्याङ्क सङ्कलन बाकी वडाहरु क्रमश ११, १२ र २० मा गणकहरु खटाई विवरण सङ्कलनको कार्य सुचारु ।
- आप्रवासन स्रोतकेन्द्र मार्फत २०३५ जना राहादानी बनाउन आउनेलाई सामूहिक एवम् व्यक्तिगत परामर्श सेवा प्रदान ।
- विप्रेषण प्राप्त गर्ने परिवारका विशेषगरी महिला सदस्यहका लागि २१ हप्ते मनोसामाजिक परामर्श सहितको वित्तीय साक्षरता कक्षा सञ्चालन शुरु भएको ।
- आर्थिक विकास महाशाखा
- २१ वटा कृषि सम्वन्धी कृयाकलापहरुमा सूचना प्रकाशन गरी कार्यक्रम अगाडी वढाईएको छ । जस मध्ये संघिय सशर्त अनुदान तर्फ ३ वटा र प्रदेस सशर्त अनुदान तर्फ ३ वटा कृयाकलापहरुको सूचना प्रकाशन गरीएकोमा १,104 जना कृषकहरुको आवेदन प्राप्त भएको छ ।
- तरकारीको कम्पोजिट सिड किट २००0 वटा वितरण गरीएको,
- फूल खेती प्रवर्धनका लागी 9 वटा फर्म तथा सहकारी संग सम्झौता गरी कार्य अगाडी वढेको छ,
- सहकारी तथा रोजगार प्रवर्धन शाखा मार्फत संचालन हुने ५० प्रतिशत लागत साझेदारीमा मिल्क एनालाईजर, चिलिङ भ्याट तथा मील स्थापनाको लागी प्रस्ताव आव्हान गरी ६ वटा मिल्क एनालाईजर, १ वटा चिलिङ भ्याट र १ वटा तोरी मिल स्थापनाको लागी लाभग्राही छनौटको कार्य सम्पन्न भई कार्यादेशको चरणमा रहेको ।
- रोजगार प्रवर्धन हुने गरी कपाल काट्ने तालीमका लागी सहभागी छनौटको प्रकृया अगाडी वढाईएको छ ।
- भरतपुर भ्रमण वर्ष २०२४ अभियान संचालन गर्ने निर्णय संगै मुल समिति, कार्यान्वयन समिति, निर्देशन समिति तथा विषयगत उपसमितिहरुको गठन तथा वडास्तरिय भ्रमण वर्ष प्रवर्धन समिति गठन गठन गरी कार्य अगाडी वढाईएको ।
- राजनैतिक, सामाजिक, शैक्षिक, व्यवसायिक, सांस्कृतिक क्षेत्र लगायतका बौद्धिक व्यक्तित्वहरू, छिमेकी पालीकाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा भरतपुर भ्रमणवर्ष२०२४लाई सफल वनाउने उद्देश्यले विभिन्न चरणमा छलफल गरीएको ।
- बटुली पोखरी सामुदायिक बनमा पर्यटन कर्मिहरु, पत्रकारहरु तथा छिमेकी राष्ट्र चिनका पाहुनाहरु लगायत अन्य सरोकारवालाहरुको सहभागितामा ४४ औँ विश्व पर्यटन दिवस सम्पन्न गरिएको ।
- दुधमा प्रति लीटर रु ३ अनुदान लगायत पशु संग सम्वन्धित ११ वटा कृयाकलापहरुको सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गरीएको ।
- पशु सेवाका नियमित कार्यक्रमहरुवाट 8,153 पशुहरुको नश्ल सुधारका लागी कृतिम गर्भाधान गरीएको, 10,265 पशुहरुमा विभिन्न रोग विरुद्धको खोप लगाउने कार्य भएको छ ।
- आकस्मिक रोग प्रतिरोधका लागी 14,854 डोज खोप मौज्दात अवस्थामा राखीएको ।
- वाख्राको मासु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्येश्यका साथ चालु आ.व. वाट वाख्रामा निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम प्रारम्भ गरिएको ।
6.सामान्य प्रशासन महाशाखा
कर्मचारी प्रशासन/जनशक्ति विकास तथा सुशासन शाखा
- वडा सचिव तथा ईन्जिनियहरुलाई 2 चरण गरि क्षमता विकास तालिम सञ्चालन गरिएको।
- सरुवा तथा कामकाज- २७५ जना
- जनप्रतिनिधि तथा कर्मचारी गरि 694 जनाको सम्पत्ति विवरण अनलाइन दर्ता गरिएको ।
- कर्मचारीहरुको आ.व. 2079/80 को कार्यसम्पादन मूल्याङ्कन कार्य सम्पन्न भएको ।
कानूनी मामिला शाखा
न्यायिक समिति
- न्यायिक समितिमा जम्मा 47 वटा उजुरी प्राप्त भएकोमा 32 वटा फर्छयौट भएको छ ।
विधायन समिति
- यस चौमासिकमा ऐन, कार्यविधि, मापदण्ड गरि जम्मा 10 वटा कानून निर्माण भएका छन्।
आन्तरिक व्यवस्थापन शाखा
- महानगरको स्वामित्वमा रहेका चारपाङ्ग्रेवा ठुला सवारी साधन 34 वटा रहेकोमा 27 वटा चालु अवस्थामा रहेकोमा नियमित नविकरण गरिएको।
- 2 पाङ्ग्रे 83 वटा साधन रहेकोमा 78 वटा चालु अवस्थामा रहेका छन् ।
- आ.ब. ०८०।०८१ को प्रथम चौमासिकमा सम्म ३४७ फर्महरु सुचिकृत गरिएको ।
नगर प्रहरी व्यवस्थापन शाखा
- नारायणी नदी किनार र बसपार्कहरुमा राजस्व संकलन ।
- अम्ब्रेला स्ट्रिट, क्रिकेट रंगशाला, मुख्य शहरको मुख्य चोकहरुमा सुरक्षा व्यवस्था ।
- कार्यालयको सुरक्षा व्यवस्थापन तथा फुटपाथ व्यवस्थापन ।
- मापदण्ड विपरितका संरचना हटाउने तथा केरुङ्गा र पुंगी खोला सिमाङ्कन कार्यमा सहयोग ।
- योजना अनुगमन तथा सूचना प्रविधि महाशाखा
शासकीय सुधार इकाइ/ उपभोक्ता हित संरक्षण शाखा
- भरतपुर महानगरपालिका भित्र परेका उजुरी तथा गुनासोको सम्वोधन: 105 वटा
- विज्ञ सहितको टोलीबाट बजार अनुगमन: 398 वटा पसल/व्यवसाय
- अनुगमनको क्रममा ७ वटा पसल व्यावसायीलाई सरसफाइ नभएकोमा जरिवाना भएको।
योजनातथा बजेट शाखा
उपभोक्ता समितिबाट भएका कार्यको प्रगति
- नगरस्तरीय योजना सम्झौता -15
- संघिय सरकारबाट हस्तान्तरित योजना सम्झौता – 2
- योजना अनुगमन संख्या – 40
- योजनाको भुक्तानि सिफारिस –40
जम्मा सम्पन्न कार्य
- सडक पिच सम्पन्न – 16 कि.मि
- मर्मत – 9 कि.मि.
- रोड मार्किङ – 4464 वर्ग मि.
- पार्क निर्माण – 1 वटा
- कल्भर्ट निर्माण – 3 वटा
- नाला निर्माण – 1035 मि.
- विद्यालय भवन निर्माण – 2 वटा
सूचना तथा सञ्चार प्रबिधि शाखा
- Metric system र सिसि क्यामेरा व्यवस्थापनकार्यको TORनिर्माण अन्तिम चरणमा।
- बडा कार्यालयहरुमा ई हाजिरी जडान कार्य सम्पन्न भई वाँकि रहेका कृषि तथा स्वास्थ्य शाखा कार्यालयहरुमा जडान भईरहेको ।
- सहरी पूर्वाधार विकास महाशाखा
मर्मत सम्भार शाखा
- महानगरपालिका विभिन्न सडक खण्ड गरी जम्मा 6 कि.मि.प्रथम प्याकेज अन्तर्गत सम्झौता निर्माण चरणमा रहेको ।
खरिद इकाई
–२०८०/०४/०१ देखि EGP System मा प्रकाशित बोलपत्र/दरभाउपत्र सूचना संख्या -५२ जसमध्य २५ वटा सम्झौता भएको,११ वटा मुल्यांकन भैरहेको, १० वटा खुल्न बाकि र ६ वटा पुन सूचना गर्नुपर्ने
-दमकल,ब्रुमर, कम्प्याक्टर खरिद को मुल्यांकन सम्पन्न भई आसयको सूचना जारी भएको ।
समपुरक अनुदान
-पाण्डे चोक देखि वडा कार्यालय सिमाना सम्म वडा २१ को बोलपत्र आब्हान भई हाल निर्माण को चरणमा रहेको- २ करोड लागत (ठेक्का सम्झौता -१ करोड ७० लाख )
-पुंगी खोला ड्रेन विस्तारबोल पत्र मार्फत ठेक्का स्विकृत भई सम्झौता भएको ।
विशेष अनुदान
-२७ र २८ मा मेशजली लगाउनबोल पत्र मार्फत ठेक्का स्विकृत भई २ करोड ७९ लाख रुपियाँकबोल रकम बराबर निर्माणको चरणमा रहेको ।
-केरुंगा नाला सौन्दर्यकरण लागत अनुमान स्वीकृति भई ३ करोड लागत अनुमान बराबर बोलपत्र आह्वान गरिएको ।
-भ्रमण वर्षलाई मध्य नजर गरि चिडियाखाना निर्माणको लागि बोलपत्र आब्हान गरिएको ।
शसर्त अनुदान
- वडा न. ६ को इन्द्रपुरी सडक खण्ड निर्माण भईरहेको ।
प्रदेश सरकारबाट हस्तान्तरित कर्यक्रम अन्तर्गत
-भरतपुर अस्पताल खानेपानी योजनाको ठेक्का आब्हान भई सम्झौताको चरणमा रहेको ।
-देबिस्थान पार्क-लागत अनुमान अन्तिम चरणमा (डालो Street ) ।
नगर –स्तरीय योजना
- समग्रमा हाल ११८ मध्ये ४० वटा नयाँ कार्यक्रम तथा योजनाहरुको बोलपत्र आब्हान/उ.स. संग सम्झौता भएको।
भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) शाखा
- –नामसारी -१००
- -प्रतिलिपि-३९
- -कित्ता संसोधन-५
- -अभिलेखीकरण -२९
- -नक्सा संसोधन -४६
- -जरिवाना -८३
- -नया नक्सा दर्ता-९८
- –नक्सा पास-२५३
- -निर्माण सम्पन्न-३७८ वटा
- वातावरण तथा विपद व्यवस्थापन महाशाखा
विपद व्यवस्थापन शाखा
- बारुण यन्त्रबाट आगलागी नियन्त्रण-१८ वटा ।
- विपद व्यवस्थापन कोष बाट 10 जनालाई 3 लाख बराबर राहत वितरण गरिएको ।
- महानगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत घटना प्रभावित जिल्ला पुगी 900 परिवारलाई प्रति परिवार 3.8 के.जि को १ थान ब्ल्याङकेट ,चामल २५ केजी र दाल ५ केजी उपलब्ध गराईएको ।
- भुकम्प पिडित राहत हस्तान्तरण –महानगरका जनप्रतिनिधि, कर्मचारी, शिक्षकको तलब र महानगरको विपत कोषबाट समेत गरि जम्मा १ करोड रुपियाँ प्रधानमन्त्रि दैवि प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरिएको ।
वातावरण तथा हरियाली प्रवर्द्धन शाखा /सरसफाई व्यवस्थापन शाखा
- फोहोर मैला व्यवस्थापनको दिर्घकालिन समाधानको लागि ल्याण्डफिल साइटको DPR तयार भै EIA कार्यको प्रक्रिया अगाडि बढाईएको छ ।
- महानगर भित्र यातायात व्यवस्थापनको लागि सरोकारवाला सँग छलफल र कार्यदल गठन गरिएको,
- सार्वजनिक विदा र चाडपर्वको दिनमा समेत फोहोरमैला संकलन र व्यवस्थापन गरिएको ।
- सरकारी कार्यालय,समुदाय, मेला महोत्सव आदिलाई मागको आधारमा घुम्ती सौचालय, Safety Tanky,Cleaner, ग्रेडर उपलब्ध गराईएको ।
- बृहत सरसफाइ तथा वृक्षारोपण महाअभियान सञ्चालन भइरहेको। हासम्म ५ स्थानमा जम्मा ३५३ विभिन्न जातका विरुवाहरु रोपिएको ।
- टोल वडा तह हुदै महानगरलाई नै वातावरणमैत्री घोषणा गर्न पुरा गर्नुपर्ने सूचकको अनुगमन तथा ततसम्वन्धी कार्यक्रम भईरहेको ।





















