चितवन / चितवनमा अवैध रुपमा औषधी बिक्रि वितरण गर्ने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाका आधारमा भरतपुर महानगरपालिका वडा नम्बर १५ बाट अवैध औषधी सहित दुई जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा न. १५ का देबीचोक बस्ने २० बर्षिय महेश परियार र भोज बहादुर गुरुङ्ग रहेका छन् ।
उनीहरुको साथबाट २५ एमजिको एनार्गन १ हजार २ सय ७० ट्याबलेट , ५० एमजिको ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुल १ हजार ६ सय ४० ट्याबलेट, , डोम्पल–१० २ सय ४० ट्याबलेट, ट्रिप्लिन २८ ट्याबलेट सहित ७ हजार ७ सय १५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनिहरु दुवै लागु औषध सेवन कर्ता समेत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । “दुवै जना अवैध औषधी विक्रि वितरण गर्ने व्यक्ति हुन ।
अवैध औषधी भएकाले आवश्यक कारबाहीका लागि औषधी विभाग विरगंजमा पठाईएको थापाले जानकारी दिनुभयो ।





















