चितवन। चितवनको भरतपुरमा बोराभित्र प्याक गरेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा शव भेटिएको हाे ।
भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेल परेको प्रहरीले जनाएकाे छ । दिउँसो शव फेला परेको चितवन प्रहरीले जनाएकाे छ । हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको थियो ।
शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । हत्या गरिएका शव महिला र पुरुषको हो । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने प्रहरीले जनाएकाे छ ।
दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएकाे र घटनाबारे अनुसन्धान सुरु गरेको चितवन प्रहरीले बताएको छ ।





















