बुटवल / अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना लाई घुस लिँदा लिँदै गरेको अवस्थामा कार्यालय बाटै पक्राउ गरेका छन् ।
बुटवल–१३ बुद्ध चोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिल कुमार झा सँग घुस बापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँ गाउँ स्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
रानाले व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान पक्राउ गरिएको हो ।





















