काठमाडौं / गत १३ गते देखि संवाद नै बन्द गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच आइतबारबाट पुन छलफल सुरु भएको छ ।
आइतबारबाट लगातार ३ दिनसम्म प्रधानमन्त्रीसमेत रहेका ओली निवास बालुवाटार धाएका प्रचण्डलाई ओलीकै एउटै ठाडो कुरा छ, ‘स्थायी समिति र केन्द्रिय समितिको बैठकमा आउँदिन, पद पनि छोड्दिन’ ।
अर्का नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई साक्षि राखेर गरिएका छलफलहरु प्राय भनाभन र रिसारिसमै सकिने गरेको बताइन्छ ।
केहिदिन अघि १५२ जना पार्टी केन्द्रिय सदस्यले लिखित रुपमा केन्द्रिय समितिको बैठक माग गरेको सन्दर्भलाई लिएर कार्यकारी अध्यक्ष प्रचण्डले आआफ्ना मत राखौं, केन्द्रिय समितिको बैठक डाकौँ ’ भन्ने प्रस्ताव ओली सँग राखेका थिए ।
स्रोतका अनुसार जवाफमा ओलीले केन्द्रिय समितिको बैठक जरुरी नभएको र स्थायी समितिको बैठक पनि राख्नु नपर्ने बरु आवश्यक भए सचिवालयको बैठक बस्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछोड्ने र बैठक पनि नबस्ने अडानमा मात्रै ओली छैनन् । उनले प्रचण्डलाई बालुवाटार आएर दुख नपाई रहनसमेत भनेका छन् ।
दुई महिना देखि जारी नेकपाको स्थायी समितिको बैठक झण्डै एक दर्जन पटक स्थगित हुँदै आइरहेको छ ।
प्रचण्डलाई ओलीले चेतावनीको भाषामा भनेका थिए कि, –‘तपाईले एकलौटी राख्नुभयो भने त्यो बैठकले मान्यता पाउँदैन, म तपाईले राखेको बैठक बहिस्कार गर्छु’ । यसरी ओलीले प्रचण्डलाई बालुवाटारमा न्याक्ने मात्रै काम गरिरहेको बताइन्छ ।





















