काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू सहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए ।
‘विज्ञहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका थिए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिने मात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।





















