काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म लामो समयदेखि सम्पर्कविहिन भएका छन् । प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई हाजुरहुन आउनको लागि सुचना जारी गरेको छ ।
नेपाल प्रहरीका अझै २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि प्रहरी प्रधान कार्यालयले पुनः उनीहरुको खोजीमा सुचना निकालेको हो ।
यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनेको छ ।
अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ । यसअघि पनि प्रहरी प्रधान कार्यालयले सुचना नै जारी गरी गैरहाजिर रहेका अधिकारीहरुको खोजी गरेको थियो ।






















