काठमाडौं – कतारमा रोजगारीको सिलसिलमा रहनु भएका पूर्व खेलाडी लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का आजिवन सदस्य टेकप्रसाद गोतामे (ज्याकी चेन) ले कतारमा नेपाली खेलाडीलाई सहयोग गरेका छन् ।
रोजगारीको सिलसिलामा रहेका चितवनका समाजसेवी टेकप्रसाद गोतामे (ज्याकी चेन) ले कतारमा हुनगईरहेको ईन्टरनेशनल टाईगान्नो प्रतियोगितामा नेपालबाट सहभागी हुनुभएका खेलाडीहरु निरज देउवा , विर बहादुर महरा , थानेश्वर दर्लामी मगर र श्रीराम चौधरीलाई कतारबाट हुने स्वागतको साथै उहाँहरुलाई आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन तथा सहयोग गर्नुभएको कुरा सान्दार अनलाईनलाई जानकारी गराउनुभयो ।

लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी का आजिवन सदस्य गोतामले खेलाडीलाई गर्नुभएको सरानिय कार्यलाई लागि आगामि दिनहरुमा पनि अन्य सदस्यहरुले यस्तै सेवाका कार्यहरु गदै सहयोगका हातहरु अगाडी बढाउदै लैजाउ भनि लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका अध्यक्ष ओमकार सिग्देलले धन्यवाद दिनुभयो ।





















