माडी – माडी नगरपालिका वडा नम्बर ७ स्थित वृद्धसेवा परोपकार सस्था कृर्तनपुरले आज वृद्ध बृदा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा ९ जना वृद्ध बृदा हरुलाइ दोसल्ला तथा माला द्वारा सम्मान गरेको हो । उक्त कार्यक्रम को प्रमुख अतिथी तथा माडी नगरपालिकाको प्रमुख तारा कुमारी काजी महत्त्वको हात बाट सम्मान गरिएको हो।
सम्मानित हुने हरुमा ऋषि राम सुवेदी,भुपती भुसाल,पुर्ण प्रसाद गौतम,थमन बहादुर रानाभाट ,नन्दकली आचार्य ,डम्मिदेबी सुनार ,डम्बर बहादुर सामरी,तिलमाया ढुंगाना,जसमाया भट्टराई रहेका छन। उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी,पशुपन्छी शाखा अधिकृत मोहन दत्त रानाभाट,,कालिक टोल बिकास समितिका अध्यक्ष टुक नारायण बिस्वकर्मा,समाजसेबी बिष्णु आचार्य ,भिम बहादुर पौडेल,प्रेस सेन्टर चितवनका जिल्ला अध्यक्ष तथा पत्रकार सुर्य पाठक,गुरु धनराज गौतमको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा ग्रीन सिटि हस्पिटलका सन्चालक तथा वरिष्ठ समाजसेवी लोक बहादुर टन्डनले दोसल्ला सहयोग गर्नु भएको थियो ।
मनहरी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन कुशल कार्यक्रम उद्घोषक तथा गायिका बिष्णुमाया पौडेलले निकै आकर्षक तरिकाले गर्नु भएको थियो।





















