चितवन । चितवन स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मुटुरोग विशेषज्ञको सेवा शुरु भएको छ । असोज २३ गते मङ्गलबारबाट यो सेवा शुरु भएको हो ।
अस्पतालका उपनिर्देशक डा.उमेश नेपालका अनुसार मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा शुरु गरिएको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म यो सेवा लिन सकिने अस्पतालले जनाएको छ ।
क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यो सेवा शुरु गरिएको डा. नेपालले बताउनुभयो ।






















