गोरखा / गोरखाको पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले पक्राउ गरेकाे छ ।
१४ बर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा उजुरी परेपछि वडाअध्यक्ष रानाभाटलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नया शक्ति पार्टीबाट चुनाब जितेका तथा हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका रानाभाटलाई पीडित महिला र आमाले दिएकाे उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरूङले बताएका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ उनले बताए ।





















