चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) को जागरण अभियान शुक्रबार चितवनमा हुने भएको छ।
अभियान यात्राको छैठौ दिन चितवनमा उक्त कार्यक्रम गर्न लागिएको हो । पुर्बी नेपालको मेचीबाट असोजको १४ गतेबाट सुरु भएको अभियान चितवन आइपुगेको पार्टीले जनाएको छ।
पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुषाल लगायतका नेताहरु अभियानमा सहभागी हुनेछन । शुक्रवार दिउँसो २ वजे भण्डारामा र ४ वजे भरतपुरको चौविसकोठीमा कोणसभा हुने नेकपा एस चितवनले जनाएको छ ।उक्त अभियान असोज २९ गते पश्चिम महाकाली पुगेर समापन हुनेछ ।
अभियान अन्तर्गत विभिन्न पक्षसंग जागरण अभियानको आवश्यकता, उदेश्य र औचित्य बारे जागरुक बनाउने बताइएको छ । करिव एक हजार किलोमिटरको अभियान यात्रा शुरु भएको छ भने यात्रालाई मर्यादित बनाउन सबै स्थानिय तहको वडासम्मको कमिटीलाई परिचालित गरिएको छ ।”

जनता र राष्ट्रले भोगेका समस्या, त्यसको समाधानमा पार्टिको धारणा के हो भन्ने स्पष्ट पार्न अभियान गरेका शुरु गरेका हौ ।” पार्टिका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी केशबलाल श्रेष्ठले भने” सबैको सुझाव र प्रतिक्रिया लिनको लागि सबै तप्कामा पुराउन कार्यक्रम गर्दै हिडेका छौ । हाम्रो यात्रा भनेकै समाजबादी यात्रा हो ।” समाजबादी जागरणको यात्रालाई अभियानको रुपमा अघि बढाउने उनले बताए ।
सो कार्यक्रममा चितवनमा करिब ६/ ७ हजार जनाको सहभागिता हुने बताइएको छ । समाजबाद निर्माण गरेर मुलुकलाई निकास दिने अभियान रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा एसका चितवन जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्यद्धय कृष्ण खनाल, डा.कृष्ण पन्त, वाग्मती प्रदेश कमिटी सदस्य राजु श्रेष्ठ, जिल्ला समन्वय समितीका उप प्रमुख कल्पना सापकोटा, राप्ती नगरपालिकाका नगर प्रमुख शम्शेर लामा, जिल्ला कमिटी उप सचिव नरेन्द्र कन्दङवा लगायतका उपस्थिती रहेको थियो ।
जिल्ला कमिटी सचिव कुल प्रसाद लामिछानेले प्रेस विज्ञप्ती वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो । चितवनमा हुने भोलीको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउँदै उपस्थित पत्रकारहरुलाई धन्यवाद ज्ञापन सहित जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





















