काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् ।
वीर, त्रिवि शिक्षण, पाटन लगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट वेल’को माग गरेका छन् ।
बिरामीकाे उपचार गर्नुपर्ने चिकित्सकहरू नै सुरक्षा माग्दै हड्तालमा उत्रेपछि निकाे हुन अस्पताल पुगेका बिरामीहरू उल्टै बिचल्लीमा परेका छन् ।
चिकित्सकहरूमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका कारण अस्पतालमा पुगेका बिरामीकाे बिचल्ली भएकाे छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।
.jpg)
.jpg)





















